• २१ असोज २०८३, बुधबार
  • ५ः५६ बिहान

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख २८ गते, बुधबार ०५:१८

२८ बैशाख २०७९, काठमाण्डौं : वीरगंजमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पार्किङ गरी राखेको मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका वीरगंज महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

National Life

वीरगंज महानगरपालिका–८ माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका–५ बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले फेला पारी उनलाई पक्राउ गरेको हो ।


उनी उपर चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया