नेप्सेमा ३१.७६ अंकको गिरावट

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार ०४:०९

Nepal Stock Exchange Limited NEPSE e1648116471109

२१ बैशाख २०७९, काठमाण्डौं : बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से ३१.७६ अंकले घटेर दुई हजार २ सय ७५ दशमलब ६८ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३८२.४० रुपैयाँ पुगेको छ ।


नेप्सेका अनुसार आज ग्रीन भेञ्चर लिमिटेड कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ९.३६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ ।

प्रतिकृया