रिभर फल्सले वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गर्दै

प्रकाशित मिति

२०७९ बैशाख २० गते, मंगलवार ०१:५५

ipo e1643542854190

२० बैशाख २०७९,काठमाण्डौं : रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।


जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।


लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । छिटोमा जेठ ४ गतेसम्म र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।


कम्पनीको साधारण सेयरको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन मिल्ने छ । त्यस्तै, मेरो सेयरबाट पनि आईपीओ भर्न सकिनेछ ।

प्रतिकृया