• १७ असोज २०८३, शनिबार
  • २ः१८ दिउँसो

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

प्रकाशित मिति

२०७९ बैशाख २० गते, मंगलवार १२:०८

२० बैशाख २०७९,काठमाण्डौं : अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्काले काँग्रेसमा प्रवेश गरेका हुन् । यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

National Life

उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए ।


यस्तै खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया