घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

२०७९ बैशाख २० गते, मंगलवार ११:४७

gold12 e1640583630247

२० बैशाख २०७९,काठमाण्डौं : नेपाली बजारमा आज मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ कायम भएको छ ।


यता,चाँदीको मूल्य भने स्थिर नै रहेको छ । सोमबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार दुई सय ९० रुपैयाँ मै कारोबार भएरहेको छ ।

प्रतिकृया