• १६ असोज २०८३, शुक्रबार
  • २ः३६ राती

आँधीमा फँस्यो स्पाइसजेटको विमान, ४० यात्रु घाइते

प्रकाशित मिति

२०७९ बैशाख १९ गते, सोमबार ०९:३७

१९ बैशाख २०७९ एजेन्सी : आइतबार मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेटको बोइङ बी७३७ विमान आँधीमा परेको थियो । जसका कारण जहाजमा सवार करिब ४० यात्रु घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

National Life

तर, पाइलटको चेतनाका कारण विमान सकुशल धावनमार्गमा अवतरण भएको थियो । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । मिडिया रिपोर्टका अनुसार विमान दुर्गापुरको काजी नजरुल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा आँधीमा फसेको थियो । त्यसपछि विमानको क्याबिनमा राखिएको सामान खस्न थालेपछि करिब ४० यात्रु घाइते भएका थिए ।


हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार पाइलटले खतरा महसुस गर्नेबित्तिकै सिट बेल्टको साइन अन गरेका थिए। त्यसपछि पनि खानाको ट्रलीसँग ठोक्किएर दुई यात्रु गम्भीर घाइते भएका छन् । सबै यात्रुहरू आफ्नो सिटमा पुग्नुपर्ने थियो, तर यी सबै कुरालाई बेवास्ता गरिएको एक अधिकारीले बताए । विमान अवतरण गर्ने वित्तिकै घाइतेहरुलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । घटनाप्रति दुःख व्यक्त गर्दै स्पाइसजेटका प्रवक्ताले घाइतेलाई हरसम्भव सहयोग गर्ने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया