• १५ असोज २०८३, बिहीबार
  • १ः४१ राती

गठबन्धनमा कांग्रेस इमान्दार नहुँदा तालमेल हुन सकेन : कुँवर

प्रकाशित मिति

२०७९ बैशाख १७ गते, शनिबार ०७:२०

१७ बैशाख २०७९, काठमाडौँ : नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि समाजवादी पार्टीले हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले ईमान्दारिता नदेखाएका कारण तालमेल हुन नसकेको बताएका हुन् ।

National Life

कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी केन्द्रले आ–आफ्नै उम्मेदारी दर्ता गरेको उनले सुनाए । ‘गठबन्धन भनेको लिने र दिने हो, कांग्रेसले त्यसलाई स्वीकार गर्न नसक्दा अछाममा त्यसको असर पर्‍यो,’ उनले भने। अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी छुट्टा-छुट्टै चुनाव अभियानमा जुटेका छन् ।

प्रतिकृया