• 9:31 am

शुक्रबार पनि सेयर बजार खुलाउने तयारी

प्रकाशित मिति

२०७९ बैशाख १६ गते, शुक्रबार ०४:४४

१५ वैशाख २०७९, काठमाडौं : अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो ।


सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खुलाउन लागेकोे हो ।


यद्यपि, यसको औपचारिक निर्णय भने भइसकेको छैन । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सरकारी निर्णय अनुसार शनिबार र आइतबार बन्द हुने र शुक्रबार बजार खुलाउने तयारी गरिएको बताए ।


सेयर कारोबार समय समेत थप गर्नु पर्ने विषयमा समेत नेप्सेमा छलफल भएको छ । अहिले बजार खुलेको दिन ११ बजेदेखि ३ बजेसम्म अर्थात दैनिक ४ घण्टा सेयर बजार खुला हुने गरेको छ ।

प्रतिकृया