• १६ असोज २०८३, शुक्रबार
  • ५ः०४ बिहान

कान्स फिल्म फेस्टिभलको जुरीमा दीपिका

प्रकाशित मिति

२०७९ बैशाख १५ गते, बिहीबार ०८:४९

१५ बैशाख २०७९, काठमाडौँ : बलिउड अभिनेत्री दीपिका पादुकोण ७५औं कान्स फिल्म फेस्टिभलको जुरीमा रहने भएकी छन् । कान्स फिल्म फेस्टिभलले उनलाई आठ सदस्यीय जुरीमा समावेश गर्ने घोषणा गरेको हो ।

National Life

जुरीको अध्यक्षता फ्रान्सेली अभिनेता विन्सेट लिन्डनले गर्नेछन् भने सदस्यहरुमा दीपिकासहित इरानी फिल्म निर्माता असघर फरहादी, स्वीडिस अभिनेत्री नुमी र्‍यापेस, अभिनेत्री, लेखक तथा निर्माता रेबेका हल, इटालियन अभिनेत्री ज्यास्मिन ट्रिन्का, फ्रान्सेली निर्देशक जेफ निकोल्स र नर्वेका निर्देशक जोआचिम ट्रायर रहेका छन् ।


दीपिकाको पछिल्लो फिल्म ‘८३’ सिनेमा हलमा र ‘गहराइयाँ’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो । यस वर्षको कान्स फेस्टिभल आगामी मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया