• २३ भदौ २०८३, मंगलबार
  • ७ः५७ बेलुका

कुवेतमा एक नेपाली महिलाको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख १४ गते, बुधबार ०७:२१

१४ बैशाख २०७९, दोहा : रोजगारीका लागि घरेलु कामदारको रूपमा कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । झापा गरामनी ९ घर भएकी ४४ बर्षीय यदु गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर त्यहाँको जाहारास्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाई लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो।

National Life

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका महासचिव दिल कुमार पाख्रिनका अनुसार मृतक गुरुङ एक महिनादेखि कलेजो क्यान्सर (लिभर क्यान्सर) को उपचाररत थिइन्। उनको उपचारकै क्रममा अमिरी हस्पिटलमा मंगलबार बिहान मृत्यु भएको हस्पिटल स्रोतले जानकारी दिएको संघ महासचिव पाख्रिनले बताए ।


उनी कुवेतमा घरेलु कामदारको रूपमा आए पनि आफ्नो स्पोन्सरबाट रिलिज लिएर लेडिज शैलुनमा काम गरिरहेकी थिइन् । उनी नेपालबाट कति समय अघि कुवेत पुगेकी थिइन् भन्ने खुलेको छैन ।

Classic Tech Desktop

प्रतिकृया