जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलाको तयारी अन्तिम चरणमा, सय स्टल रहने
प्रकाशित मिति
२०७९ बैशाख १३ गते, मंगलवार ०४:२५

१३ वैशाख २०७८, काठमाडौं : काठमाडौंको भृकुटी मण्डपमा हुने जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा वैशाख १५ गतेदेखि शुरु हुने सो मेला जेठ ८ गतेसम्म चल्ने छ । सो एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल रहने एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेका अनुसार मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने बताइएको छ ।
आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनका उपाध्यक्ष रूद्रप्रसाद न्यौपानेले बताए । मेलामा देशका चर्चित ब्रान्डको प्रतिनिधित्व रहने छ । प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहने आयोजकको विश्वास छ ।
प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री हुने एसोसिएसनले जनाएको छ। नेपाली ब्रान्डलाई उपभोक्ताले प्राथमिकता दिनुपर्ने र चोरी पैठारी नियन्त्रण गरिनुपर्ने निबर्तमान अध्यक्ष कृष्णकुमार फुयालले बताए ।
प्रतिकृया