• २२ भदौ २०८३, सोमबार
  • १०ः३४ राती

स्थानीय तह निर्वाचन अपडेट : हालसम्म ६० हजार ९५० जनाको उम्मेदवारी

प्रकाशित मिति

२०७९ बैशाख १२ गते, सोमबार ०७:१०

१२ बैशाख २०७९, काठमाडौँ : निर्वाचन आयोगले निर्धारण गरेको समय सीमाभन्दा ढिलो गरी मनोनयन दर्ता भइरहेको छ । आयोग​ले सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । तर आयोगले तोकेको समयभन्दा ढिलो गरी पनि मनोनयन दर्ता भइरहेको छ । आयोगका अनुसार साँढे ६ बजेसम्म ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट ६० हजार ९५० जनाले उम्मेदवारी दर्ताको जनाएको छ ।

National Life

आयोगका अनुसार हालसम्म प्रमुख पदमा १९१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १९४४ जनाले दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदमा ११७३ तथा उपाध्यक्ष पदमा १३१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा १५ हजार २८५ जना, महिला सदस्य पदमा ९८९१, महिला दलित सदस्य पदमा ८६९४ र सदस्य पदमा २० हजार ७३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया