• 10:42 am

कांग्रेस सल्यानले गर्‍यो तीन नगरमा मेयर/उपमेयरका लागि उम्मेदवार सिफारिस

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार १२:३७

९ वैशाख २०७९, काठमाण्डौं : सल्यान नेपाली कांग्रेसले जिल्लाका तीन नगरपालिकाका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। कांग्रेस सल्यानले प्रदेश कार्यालयमा तीन नगरपालिकाका प्रमुख र उपप्रमुख नाम सिफारिस गरेको हो।


सिफारिस अनुसार शारदा नगरपालिकाको मेयरमा प्रकाश भण्डारी, सावित्रा बस्नेत र सचेत शाहको नाम सिफारिस गरिएको छ। त्यस्तै, उपमेयरमा ज्ञानु अधिकारी, सुस्मिता सापकोटा र चन्द्रीका हमालको नाम सिफारिस गरिएको छ।


त्यस्तै, बागचौर नगरपालिकाको मेयर पदका लागि जनकराज गौतम, प्रमिला चन्द र डिलबहादुर वलीको नाम सिफारिस गरिएको छ। यहाँ उपमेयरका लागि भौम गौतम न्यौपाने, दीपा बस्नेत र सुशीला केसीको नाम सिफारिस गरिएको छ।


त्यस्तै, जिल्लाको अर्को नगरपालिका वनगाड कुपिन्डेको मेयरका लागि दीपेन्द्र विष्ट र सुन्दरा शाहीको नाम सिफारिस गरिएको छ भने उपमेयरका लागि पुरूषोत्तम आचार्य, उषा राना र रीता वलीको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टले जानकारी दिए।


नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले जिल्लाले सिफारिस गरी पठाएका नामहरूबाटै उम्मेदवार छनोट गर्नेछ।

प्रतिकृया