• १७ असोज २०८३, शनिबार
  • ६ः२२ बिहान

उपकार लघुवित्तको आईपीओ बाँडफाँट, २३ लाख २६ हजारको हात खाली

प्रकाशित मिति

२०७९ बैशाख ९ गते, शुक्रबार १०:४९

९ बैशाख २०७९, काठमाडौं : उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट भएको छ । चैत २५ गतेदेखि ३० गतेसम्म सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट भएको हो । गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २२ हजार ११५ जनाले शेयर पाएका छन् भने २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली भएको छ ।

National Life

आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार हात्तिसारस्थित कार्यालयमा शुक्रवार बिहान यस आइपियो बाँडफाँट भएको हो । कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको थियो । २४ लाख ३१ हजार १७० जनाले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका थिए ।

प्रतिकृया