• ५ साउन २०८३, मंगलबार
  • ९:०१ बेलुका

सशस्त्रको एसएसपीमा पदोन्नति भएका सात जनालाई दर्ज्यानी चिह्न प्रदान

प्रकाशित मिति

२०७९ बैशाख ८ गते, बिहीबार ०५:५९

८ बैशाख २०७९, काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सशस्त्र प्रहरी बलको हल्चोकस्थित प्रधान कार्यालयमा भएको समारोहमा महानिरीक्षक केसीले एसएसपीमा पदाेन्नित भएका ७ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।


सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बधाइ दिँदै महानिरीक्षक केसीले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरूमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदरस्वरूप पदोन्नति प्राप्त भएको भन्दै उनले दर्जासँगै प्राप्त भएको जिम्मेवारी निर्वाहमा अझ बढी क्रियाशील रहँदै कार्यसम्पादनमा जुट्न पनि निर्देशन दिए ।

Kamana Sewa

गृहमन्त्रीस्तरको वैशाख ६ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ ई. प्रमोदकुमार साह, सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, कानून उपसमूहतर्फ युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका हुन् ।

Classic Tech Desktop

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिकृया