• 9:56 am

नेप्सेमा दोहोरो अंकको सुधार

प्रकाशित मिति

२०७९ बैशाख ६ गते, मंगलवार ०३:५९

६ बैशाख २०७९, काठमाण्डौं : मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.३७ अंकले बढ्दै २३ सय ५७.२४ अंकमा उक्लिएको हो ।


अघिल्लो दिन यस्तो सूचक अधिकतम ४१ अंकले घट्दै २३ सय ४३ अंकमा अडिएको थियो । तर यस दिन दोहोरो अंकले सूचक बढेपनि कारोबार भने बढ्न सकेन ।


यद्यपि, आज १३ वटै उपसूचकहरु धनात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक अधिकतम १.०४ प्रतिशतले बढेको छ भने अन्य १२ वटा समूहको उपसूचक ०.०४ प्रतिशतदेखि ०.८२ प्रतिशतसम्मले बढेका छन् ।

प्रतिकृया