आजको मौसम
प्रकाशित मिति
२०७९ बैशाख ४ गते, आईतवार ०७:१५

४ बैशाख २०७९, काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
यता मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रतिकृया