• २१ साउन २०८३, बिहीबार
  • २:२० बिहान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्धारा नयाँ वर्ष २०७९ को शुभकामना

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०३:००

बैशाख १ २०७९, काठमाडौं : नयाँ वर्षको अवसरमा दिनेश कुमार थपलियाले निर्वाचन आयोगको तर्फबाट प्रेश विज्ञप्ती जारी गरेर सम्पूर्णमा सुभकामना व्यक्त गरेका छन् । सुभकामना दिदै उनले भने, नयाँ वर्षले हरेक व्यक्तिको जीवनमा कुनै न कुनै नयाँ उमंग, ऊर्जा एवं उत्साह लिएर आएको हुन्छ । वर्ष परिवर्तन हुनु भनेको पात्रो फेरिनु मात्र होइन । नयाँ वर्षको अवसरमा व्यक्तिगत जीवनमा केही न केही नयाँ प्रतिबद्धता व्यक्त गर्ने पनि गरिन्छ ।


”नयाँ वर्ष २०७९ को वैशाख महिनाको ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन राष्ट्रिय जीवनको सबैभन्दा महत्वपूर्ण ‘न्यू इयर रिजुलुसन’ भएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए । नयाँ वर्षको उपलक्ष्यमा म सम्पूर्ण बालिग मतदाता एवं देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्वाचनको महाउत्सवमा सहभागी हुन आग्रह गर्दछु” , थपलियाले भने ।

Kamana Sewa

यस्तै, संविधानसभाबाट नेपालको संविधान जारी भई देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचन सम्पन्न हुन गइरहेको छ । वि. सं २०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको निर्वाचन लैंगिक तथा समावेशी दृष्टिकोणले पनि उल्लेखनीय हुनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा रहेको कुरा जानकारी गराउन पाउँदा थपलियालाई अत्यन्त खुशी लागेको बताएका छन् ।

Classic Tech Desktop

यसै सन्दर्भमा निर्वाचन आयोगले निर्णय गरी नेपालको संविधानको धारा ३८ को उपधारा (४) मा भएको राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र धारा ४२ को सामाजिक न्यायको हकको कार्यान्वयन सम्बन्धी व्यवस्था समेतलाई स्मरण गरी स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ७९ राजनीतिक दलहरूलाई पत्राचार गरी सकिएको व्यहोरा थपलियाले शुभकामना दिने क्रममा बताएका छन् ।


”स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) मा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्ने व्यवस्था रहेको तर, दलले एकजना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुने छैन भनी उल्लेख भएको सन्दर्भमा आयोगले उक्त व्यवस्थाले एक जना मात्र उम्मेदवारी मनोनयन गर्दा महिलालाई उम्मेदवारी नदिनु भनेको होइन भन्ने कुरा स्पष्ट गर्दै राजनीतिक दलहरूले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवारलाई मनोनयनमा प्राथमिकता दिनुपर्ने भनीे कानूनको परिपालनामा जोड दिइएकोे व्यहोरा पुनः स्मरण गराउन चाहन्छु”, उनले भने ।


नेपालको संविधान तथा निर्वाचन सम्बन्धी कानुन बमोजिम तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु आयोगको कर्तव्य र दायित्व हो भने निर्वाचनलाई उत्सवका रूपमा लिएर मतदानमा सहभागी हुनु बालिग मतदाताको अधिकार र कर्तव्य दुबै हो भन्ने बिर्सन नहुने बताएका छन् ।


उनका अनुसार, निर्वाचन व्यवस्थापनको सन्दर्भमा आयोगले ‘रेफ्री’ को भूमिका निर्वाह गर्नुपर्छ, साथै, संविधान र कानुनले दिएका अधिकार भित्र बसेर आयोगले यो गुरुत्तर दायित्व निर्वाह गर्दछ ।


यस्तै, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने जिम्मेवारीबाट निर्वाचनमा भाग लिने राजनीतिक दल एवं उम्मेदवार मुक्त नहुने बताएका छन् । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ प्रति पूर्ण प्रतिबद्धता जनाएका राजनीतिक दलले यसको अक्षरशः पालना गर्नेमा म ढुक्क छ, उने भने । निर्वाचनमा भाग लिने राजनीतिक दल एवं उम्मेदवारहरूले नयाँ वर्ष २०७९ मा गर्ने विभिन्न प्रतिबद्धतामा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने बुँदा छुट्ने छैन भन्ने उनले विस्वास राखेको बताउछन् ।


नयाँ वर्षको सुरुवातसँगै नागरिकलाई घरदैलोमै सेवा पु¥याउने तथा जनताको नजिकको सरकार भनेर चिनिने ७५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिने यो अवसरलाई सबै मतदाताले आफ्नो मतको महत्व बुझेर अमूल्य मताधिकार प्रयोग गर्न थपलियाले सम्पूर्ण मतदातासमक्ष आग्रह गरेका छन् ।

प्रतिकृया