• २२ साउन २०८३, शुक्रबार
  • ९:१५ बेलुका

आलिया रणबीरको सुरु भयो विवाहका कार्यक्रम

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार १०:३१

१ बैशाख २०७९ काठमाडौं : बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्टकोका प्रशंसकहरुले धेरै अघिदेखि प्रतीक्षा गरेको समय आइसकेको छ । आलिया ।र कपूरको विवाहको कार्यक्रा शुरु भइसकेको छ । रणबीर र आलियाका विवाह हुँदै छ । यी दुईको विवाहका कार्यक्रम बुधबारदेखि सुरु भएको हो ।


रणबीर कपुरकी आमा र पुरानो समयकी अभिनेत्री नितू कपुर र उनको परिवार विवाहका कार्यक्रम आयोजनाका लागि व्यस्त छन् । रणबीर कपुरकी दिदी रिद्धिमा कपुर साहनी र उनका भिनाजु भारत साहनी दिल्लीबाट मुम्बई पुगिसकेका छन् । यी कार्यक्रमको सुरुवात पुजाबाट भएको छ ।

Kamana Sewa

बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्टकोका प्रशंसकका लागि त्यो पल आइसकेको छ जसको उनीहरुलाई धेरै अघिदेखि प्रतीक्षा थियो । करिब चार वर्षदेखि रणबीर र आलियाको विवाहबारे मानिसहरु कुरा गरिरहेका थिए ।

Classic Tech Desktop

रणबीर कपुरकी आमा र पुरानो समयकी अभिनेत्री नितू कपुर र उनको परिवार विवाहका कार्यक्रम आयोजनाका लागि व्यस्त छन् । रणबीर कपुरकी दिदी रिद्धिमा कपुर साहनी र उनका भिनाजु भारत साहनी दिल्लीबाट मुम्बई पुगिसकेका छन् । यी कार्यक्रमको सुरुवात पुजाबाट भएको छ ।


कपुर परिवारले बुधबारको पूजा बान्द्राको पाली हिलस्थित वास्तु बिल्डिङमा राखेका थिए । यो बिल्डिङमा रणबीर कपुर आठौँ तलामा बस्छन् र आलिया भट्ट पाँचौ तलामा बस्छिन् । यो पूजामा कपुर परिवार र भट्ट परिवारका नजिकका व्यक्ति समावेश भएका थिए । बुधबार बेलुका मेहन्दी कार्यक्रम पूरा भएको छ । मेहन्दीपछि हल्दी र सङ्गीतको कार्यक्रम हुनेछ ।


विवाहको मितिमा रणबीरको जवाफः

आलिया भट्ट र रणबीरलाई अवार्ड कार्यक्रममा आफ्नो प्रेम व्यक्त गरेको थुप्रै पटक देखियो तर विवाहको मितिको विषयमा यी दुबैले केही कुरा बताएनन् ।

हालै जब रणबीर कपुरलाई विवाहको विषयमा प्रश्न सोधियो तब उनले भनेका थिए, ‘विवाहको मिति मिडियामा घोषणा गर्नलाई मलाई पागल कुकुरले टोकेको छैन । तर यति भन्न सक्छु कि म र आलिया दुबै विवाह बन्धनमा बाँधिने योजना बनाइरहेका छौँ । आशा गर्छु यो छिट्टै होला ।’

प्रतिकृया