• २५ साउन २०८३, सोमबार
  • ११:४२ बेलुका

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ०१:५९

३० चैत्र, २०७८ काठमाण्डौं : सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआईजी० रहेका केसीलाई सरकारले बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा दुईजना एआईजी मध्ये केसीलाई महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको हो ।


सशस्त्र प्रहरीमा केसीसँगै रामशरण पौडेल एआईजी थिए । केसीले अब १९ दिन सशस्त्र प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् । केसी आगामी १८ वैशाखसम्म आईजीपी बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउने भएका छन्। केसीसँगै पौडेलले पनि अवकास पाउनेछन् ।

Kamana Sewa

केसीले अवकाश पाएपछि हालका डीआईजीहरूबाट सरकारले नयाँ आईजीपी नियुक्त गर्ने भएको छ । जसका लागि अहिलेका डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूमध्ये दुई जनालाई सरकारले चाँडै एआईजी नियुक्त गर्नेछ । त्यही दुई जना एआईजीमध्येबाट एक जना आईजीपी नियुक्त हुने बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया