• २१ असोज २०८३, बुधबार
  • १२ः३१ राती

पाँच लाख घुससहित धनुषा मातपोतका प्रमुख पक्राउ

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार १०:५४

२८ चैत २०७८, काठमाडौं : अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा रहेका छन् ।

National Life

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई आज बिहान पक्राउ गरेको हो ।


पक्राउ परेको झामाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया