• २१ जेठ २०८३, बिहीबार
  • १०:३४ बिहान

सुर्यबिनायक नगरपालिकामा फरक एजेण्डासहित कांग्रेसबाट खायमलीको नगरप्रमुखमा उम्मेदवारी

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०३:५४

सुजिता सापकोटा, २७ चैत २०७८, काठमाडौं : सुर्यबिनायक नगरपालिका, भक्तपुरमा नेपाली कांग्रेसबाट नारायणभक्त खायमलीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बुधबार खायमालीले नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गरेका हुन् ।


नेपाली कांग्रेसका नेता तथा समाजसेवी खायमालीले आफूले टिकट पाएर विजयी भएमा फरक एजेण्डा लिएर सुर्यबिनायक नगरपालिकाको समृद्धिका लागि काम गर्ने दाबी गरेका छन् । “नगरप्रमुख पदमा मैले उम्मेदवारी दिएको छु, पार्टीले मलाई विश्वास गरेर टिकट दियो भने, म फरक एजेण्डा लिएर चुनाब लड्ने छु”, मातृभूमिसँग कुरा गर्दै उनले भने, “राजनीति देश परिवर्तन गर्ने एउटा बलियो माध्यम हो, त्यसैले सर्वप्रथम त म खलबलिएको निष्ठाको राजनीतिलाई ट्रयाकमा ल्याउने छु ।”

Kamana Sewa

त्यस्तै, उनले जनताले धेरै कर तिर्नपरेको भन्दै कर समायोजन गर्ने आफ्नो अर्को एजेण्डा रहेको बताए । उनका अनुसार घर-घरमा इन्टरनेट सुबिधा पुर्याउने र दिर्घरोगीहरुलाई सरकारले दिइरहेको १ लाख रुपैयाँ सुबिधामा पनि थप गरेर सुबिधा प्रधान गर्ने पनि उनको महत्वपूर्ण एजेण्डामा रहेका छन् ।

Classic Tech Desktop

खायमलीका अनुसार उनीसँगै अन्य ९ जनाले पनि सो पदमा उम्मेदवारी दिएका छन् ।

प्रतिकृया