• २७ भदौ २०८३, शनिबार
  • ६ः१० बिहान

ठगी गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार ११:५३

२२ चैत २०७८, काठमाडौं : बिवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका-३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

बिवाह गर्ने प्रलोभन देखाई पीडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आइएमई तथा सिटिएक्सप्रेस मार्फत पटक पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौं बिशाल नगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।


उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया