• २६ भदौ २०८३, शुक्रबार
  • ३ः१८ राती

राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार ०७:४७

२२ चैत्र २०७८, काठमाडौँ : निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ। बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ।

National Life

०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो। यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ। तर, आचारसंहिता भने लागू भइसकेको छैन। उमेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेको छ। यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।


सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया