• १७ असोज २०८३, शनिबार
  • १०ः११ बिहान

गठबन्धनको निर्णय : चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने

प्रकाशित मिति

२०७८ चैत्र २१ गते, सोमबार ०३:३७

२१ चैत २०७८, काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने गठबन्धनले निर्णय गरेका हो ।

National Life

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्रसमेत गठन गर्ने निर्णय गरेको छ । यसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय भएको छ ।


गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रूपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै गठबन्धनले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १र१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ ।


सोमबारको बैठकमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रतिकृया