• 3:12 pm

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने ओलीको दाबी

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार ०१:४८

२० चैत २०७८,काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् । एमालेनिकट बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए ।


समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उनले देश र जनताको समानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताए । आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने र राजनीतिक आस्थाभन्दा राष्ट्रहितको विषयमा मिलेर काम गर्न सकिने ओलीले उल्लेख गरे ।


देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै उनले नाफामूलक राजनीति गर्नेले नाफा नहुनेबित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप समेत लगाए ।

प्रतिकृया