• 4:51 pm

महोत्तरीमा ८ लाख १५ हजार नगदसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७८ चैत्र १८ गते, शुक्रबार ०३:३७

१८ चैत २०७८, काठमाण्डौं : महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख १५ हजार रकम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो रहेका छन् ।


आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको थियो ।

प्रतिकृया