कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र
प्रकाशित मिति
२०७८ चैत्र १८ गते, शुक्रबार ०३:५२

१८ चैत २०७८, काठमाण्डौं : यसै वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने ‘कतार फिफा विश्वकप–२०२२’ का लागि २९ राष्ट्र छनोट भइसकेका छन् । कुल ३२ राष्ट्रले सहभागिता जनाउने विश्वकपमा तीन राष्ट्रको भने टुंगो लागेको छैन ।
यसपटकको विश्वकप २१ नोभेम्बरबाट सुरु भई १८ डिसेम्बरमा समाप्त हुनेछ । विश्वकपकै इतिहासमा पहिलो पटक खेलहरू विन्टरमा हुँदैछन् । विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३, अफ्रिकाबाट ५, एसिया र कन्मेवलबाट समान ४ (दुबैबाट एक प्लेअफ टिम) रहँदा कोन्काफ ३ ९एक प्लेअफ० र ओसियानाबाट १ ९प्लेअफ० देशले सहभागीता जनाउनेछन् ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ३२ टोलीलाई ९प्लेअफ सहित० चार ‘पोट’ मा विभाजन गरेको छ । आज ९शुक्रबार० राति नै विश्वकपको ‘ड्र’ समेत हुँदैछ । पोट ‘ए’ मा रहेका विश्व वरीयताका शीर्ष सात र एक आयोजक टिमले अन्य तीन ‘पोट’बाट एक एक टिम पाउँदा एक समूहमा चार टिम रहनेछन् । हालसम्म युरोपबाट बेल्जियम, क्रोयशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन र स्वीटजरल्यान्ड रहेका छन् ।
यस्तै कन्मेवल अर्थात दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, इक्वेडर र उरुग्वे छनोट भएका छन् । यता, कन्काफबाट क्यानडा, अमेरिका र मेक्सिको छनोट भइसकेका छन् । यता, अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुन छनोट भएका छन् ।
यता, एसियाबाट आयोजक कतार सहित जापान, दक्षिण कोरिया, साउदी अरेबिया र इरान छनोट भएका छन् । अब, विश्वकपमा प्लेअफबाट वेल्सविरुद्ध स्कटल्याण्ड र युक्रेनबीच एक, अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स ९यूएई० विरुद्ध पेरु एक, कोस्टा रिकाविरुद्ध न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ र तीन टिम छनोट हुनेछन् ।
प्रतिकृया