• २० असोज २०८३, मंगलबार
  • ८ः२० बिहान

धादिङको १३ वटै स्थानिय तहमा तोकियो निर्वाचन अधिकृत

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०१:०३

पबित्रा थापा मगर, १३ चैत २०७८, काठमाडौं : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले धादिङको १३ वटै स्थानिय तहमा निर्वाचन अधिकृत तोकेको छ । २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

National Life

धादिङको नीलकण्ठ नगरपालिकामा मुख्य निर्वाचन अधिकृतमा धादिङ जिल्ला अदालतका जिल्ला न्यायधिस रमेश प्रसाद ज्ञवालीलाई तोकिएको छ भने धुनिवेशी नगरपालिकाका निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका इजलास अधिकृत राजकुमार आचार्यलाई तोकिएको छ ।


त्यस्तै खनियाबास गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालय काठमाण्डौँका उप सचिव गोकुल खड्का, गंगाजमुना गाउँपालिकामा मालपोत कार्यलय धादिङका प्रमुख रामकृष्ण तामाङ, गजुरी गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उप–सचिव चक्रपाणि शर्मा, गल्छी गाउँपालिकामा समाजिक विकास मन्त्रालय हेटौँडाका अधिकृत दिपेन्द्र सुवेदी, ज्वालामुखी गाउँपालिकामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ललितपुरमा कार्यरत उप–सचिव हिरामणि सुवेदीलाई निर्वाचन अधिकृत तोकिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, थाक्रे गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उप–सचिव महेन्द्र प्रसाद सांखी, त्रिपुरासुन्दरी गाउँपालिकामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ललितपुरका उपन्याधिवक्ता गोपाल लामिछाने, नेत्रावती डबजोङ गाउँपालिकामा वैदेशिक रोजगार न्याधिकरणका रजिष्टार आनन्दराज पन्त, बेनिघाट रोराङ गाउँपालिकामा उच्च सरकारी वकिल कार्यलय पोखराका उपन्याधिवक्ता खेमराज पाठक, रुवीभ्याली गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत भीमप्रसाद सुवेदी र सिद्धलेक गाउँपालिकामा धादिङ जिल्ला अदालतका श्रेस्तेदार खुमप्रसाद भण्डारी निर्वाचन अधिकृत तोकिएका छन् ।

प्रतिकृया