• १९ असोज २०८३, सोमबार
  • ६ः०३ बेलुका

कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०७:०२

१३ चैत्र २०७८, काठमाडौँ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

National Life

यता सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।


मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया