• १७ असोज २०८३, शनिबार
  • ३ः१२ दिउँसो

चिनियाँ विदेशमन्त्रीले आज शीर्ष नेतासँग भेटवार्ता गर्दै, यस्तो छ भ्रमण तालिका

प्रकाशित मिति

२०७८ चैत्र १२ गते, शनिबार ०६:५८

१२ चैत २०७८, काठमाडौं : तीनदिने नेपाल भ्रमणका लागि हिजो शुक्रबार काठमाडौँ आइपुगेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले आज शीर्ष नेतासँग भेटबार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री डा। नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार दिउँसो नेपाल आइपुगेका हुन्।

National Life

नेपाल सरकारले स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याललाई मात्र पठाएको थियो। सँगै उनको स्वागतका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा पुगेका थिए ।


विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन्।वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री खड्कालगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

Classic Tech Mobile
Classic Tech Desktop

विदेशमन्त्री वाङले नेपालका समकक्षी नारायण खड्कासँग पनि वार्ता गर्ने छन्। परारष्ट्रमन्त्री खड्कासँगको भेटपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा शनिबार साँझ होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्।


भ्रमणको अन्तिम दिन आइतबार वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यतालिका रहेको छ। चिनियाँ विदेशमन्त्री यीले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने अपेक्षा गरिएको छ। विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ। विदेशमन्त्री वाङको सुरक्षाका लागि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

भ्रमण तालिका
शनिबार
–शनिबार बिहान ६ बजे शिवपुरी हाइकिङ,

–दिउँसो ३ बजेपछि वाङ र परराष्ट्रमन्त्री खड्काबीच प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै वार्ता,

–पौन चार बजेदेखि चिनियाँ र नेपाली प्रतिनिधिमण्डलको छलफल,

–छलफलपछि केही सम्झौतामा हस्ताक्षर,

–साँझ पौने ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेटवार्ता, आधा घण्टा कुराकानी।

–प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा एकसाथ हुनेछ,

–शनिबार साँझ साढे ७ बजे होटल द्वारिकाजमा रात्रिभोज,

आइतबार

–राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार बिहान १० बजे शीतल निवासमा शिष्टाचार भेटवार्ता,

–एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हायातमा भेटवार्ता आइतबार हुनेछ।

–आइतबार बिहान ११ बजेपछि ओलीसँगको भेट,

–आइतबार पौने १२ बजेपछि प्रचण्डसँग होटल हायातमा भेट र

(चिनियाँ विशेष विमानबाट आइतबार दिउँसो ३ बजे स्वदेश फिर्ता।

प्रतिकृया