• २४ भदौ २०८३, बुधबार
  • ६ः२३ बेलुका

पेमेन्ट सोलुसन र गरिमा विकास बैँकबीच सहकार्य

प्रकाशित मिति

२०७८ चैत्र ९ गते, बुधबार ०७:०३

९ चैत्र २०७८, काठमाडौँ : नेपाल पेमेन्ट सोलुशनले गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । जसअनुसार पेमेन्ट सोलुसन र गरिमा विकास बैंकले डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्नेछन् । सम्झौतामा पेमेन्ट सोलुसनको तर्फबाट प्रताप श्रेष्ठ (सी.एक्स.ओ) र सिमन श्रेष्ठ (बिजनेस डेभलपमेन्ट मेनेजर) तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्द प्रसाद ढकाल (प्रमुख कार्यकारी अधिकृत) र कमल प्रसाद अर्याल (आइटी प्रमुख)ले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

National Life

सम्झौताअनुसार गरिमा विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुशनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुशनले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको जनाएको छ ।

प्रतिकृया