• २३ भदौ २०८३, मंगलबार
  • ११ः०७ बिहान

शहरी विकास मन्त्री झाँक्रीबाट ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण

प्रकाशित मिति

२०७८ चैत्र ९ गते, बुधबार ०५:३४

९ चैत २०७८, काठमाडौं : माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज बुधबार आयोजित एक समारोहबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी छन् ।

National Life

काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरि माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्‍वील लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गरेकी हुन् ।


उक्त कार्यक्रममा बोल्नुहुदै माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बढ्दो सवारी साधन संगसंगै भईरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई निरूत्साहित एवम् नियन्त्रण गर्नका लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध गराइएको बताइन् । उनले ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उक्त उपकरणहरूको समुचित प्रयोग हुने अपेक्षासमेत ब्यक्त गरिेन्।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरणहरु प्राप्तिमा शहरी बिकास मन्त्रालय तथा बिकास प्राधिकरणले गरेको पहल एवम् अग्रसरतालाई हृदयदेखी नै धन्यबाद तथा आभार व्यक्त गरे । उनले हस्तान्तरण भएका उक्त उपकरणहरुले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्नुका साथै अधिकतम उपयोग गरि ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवम् प्रभावकारी बनाउने विश्वास पनि दिलाए ।


काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए भने प्राधिकरणका नायव विकास आयुक्त नारायण प्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए।

प्रतिकृया