भारतमा कार चालकद्वारा १७ जनाभन्दा बढीलाई ठक्कर
प्रकाशित मिति
२०७८ चैत्र ७ गते, सोमबार १२:४६
७ चैत २०७८, काठमाडौं : भारतको छत्तिसगढको राजधानी रायपुरमा अबेर राती एक व्यक्तिले एक दर्जनभन्दा बढी गाडीलाई ठक्कर दिएपछि थुप्रै घाइते भएका छन् । अन्त्यमा एउटा भित्तामा ठोक्किएपछि उनको कार दुर्घटनाग्रस्त भयो ।
कार चालकको ठक्करले पानीपुरीको ठेलालाई धकेल्दै आफ्नो घर फर्किरहेका एक युवकको मृत्यु भएको छ । पुरानो बस्ती प्रहरीका अनुसार रायपुरको तेलीबान्धा इलाकामा बस्ने देवराज पलले आफ्नो साथीको कार मागेका थिए ।

उनले नसामा चुर भएर भाटागाँवबाट कार चलाउन सुरु गरे र बाटोमा थुप्रै गाडीलाई ठक्कर दिँदै तीब्र गतिमा थुप्रै किलोमिटरसम्म अघि बढ्यो । यतिबेला पैदल हिँडिरहेका थुप्रै मानिस यो तीब्र गतिको कारको चपेटामा आए ।

पानी पुरीको ठेला गुडाएर आफ्नो घर फर्किरहेका एक युवक पनि यो तीब्र गतिको कारको चपेटामा आए । उनको घटनास्थलमा नै मृत्यु भयो । प्रहरीका अनुसार मृतक लक्ष्मीकान्त जाटव मूलतः उत्तरप्रदेशको जालौनका बासिन्दा थिए । त्यसपछि तीब्र गतिको कार बुढातालाब नजिकै एउटा भित्तामा गएर ठोक्कियो जसका कारण कार चालक देवराज पल पनि घाइते भए । प्रहरीका अनुसार कार चालक अस्पतालमा भर्ना छन् र पूरा घटनाको अनुसन्धान भइरहेको छ ।
एजेन्सी




प्रतिकृया