• १७ असोज २०८३, शनिबार
  • १२ः१६ दिउँसो

होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र ५ गते, शनिबार ०४:५०

५ चैत्र २०७८, काठमाडौँ : शरीरमा लागेको होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ।

National Life

झापाको कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेका इलाम माइ नगरपालिका–८ का आयुष लिम्बुको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए ।


‘जिउमा लागेको रंग पखाल्न आयुस नदीमा नुहाउन पसेका थिए। अन्य साथी पनि नुहाउन नदीमा पसेका थिए। तर आयुस नदीमा डुबेर बेपत्ता भए। उनलाई केही क्षणमै मृत अवस्थामा भेटिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

घटनाको बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया