• १७ असोज २०८३, शनिबार
  • १२ः१६ दिउँसो

महिलाका नाममा जग्गा खरिद गर्नेलाई ११ लाख राजस्व छुट

प्रकाशित मिति

२०७८ चैत्र ५ गते, शनिबार ०७:५६

५ चैत्र २०७८, काठमाडौँ :भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ। महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो।

National Life

गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले रू ११ लाख ६८ हजार ८३ राजस्व छुट दिएको छ । मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार साउनदेखि फागुन मसान्तसम्म १४६ महिलाले जग्गाको भूस्वामित्व प्राप्त गरेको र सरकारको नीतिबमोजिम तोकिएको शुल्कमा ग्रामीण महिलाले ५० प्रतिशत र सदरमुकाम क्षेत्रमा बसोबास गर्ने महिलाले २५ प्रतिशत राजस्व दस्तुर छुट पाउदै आएका छन् ।


गत एक वर्षको अवधिमा १८९ महिलाले भूस्वामित्व प्राप्त गरी रू नौ लाख आठ हजार ७३९ रजिस्टेशन शुल्क छुट पाएको प्रमुख श्रेष्ठले जानकारी दिए । रजिस्टेशन शुल्कमा छुट पाउने भएपछि श्रीमतिका नाममा जग्गा रजिस्टेशन पारित गराउन प्रफुल्लितरूपले श्रीमान्समेत कार्यालयमा उपस्थित हुने गरेको पाइएकाले केही वर्षपछि अधिकांश महिलाले भूस्वामित्व प्राप्त गर्ने अनुमान गरिएको मालपोतका पुराना अनुभवी कर्मचारी छेक्याल तामाङले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै मालपोत कार्यालयले गत साउनदेखि फागुन मसान्तसम्म दृष्टिबन्धकबाहेक ५०६ थान लिखत पारित गरेको छ । यसरी पारित भएका लिखतमा जग्गा लेनदेनको राजिनामा, दर्ताफारी, दान बकसपत्र, अंशबण्डा, अंश भर्पाईसमेत रहेका छन् ।


पारित लिखतबाट निर्धारित दररेटबमोजिम रू ९९ लाख ४६ हजार ३७९ राजस्व प्राप्त भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष र यस वर्षको सोही अवधि तुलना गर्दा आठ महिनाको अन्तरालमा २१ प्रतिशतले राजस्वको दस्तुर वृद्धि भएको छ ।

प्रतिकृया