• ४ साउन २०८३, सोमबार
  • ८:३९ बेलुका

कास्कीमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०७:४०

४ चैत २०७८, काठमाडौँ : कास्कीमा स्कोरपियो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–८ स्थित घलेलमा पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको जिप पल्टिएको हो ।


जिप पल्टिदा चालक बलबहादुर भुजेलको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको अस्ताम इको भिलेजको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडी पठाएर ल्याइएको छ ।

Kamana Sewa

प्रतिकृया