• २२ भदौ २०८३, सोमबार
  • ४ः५८ बिहान

उत्तरी चीनमा ग्यासको अभाव

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०६:१०

तस्वीर- एएनआई

National Life

४ चैत्र २०७८, काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यबृद्धि र कठोर जाडोका कारण उत्तरी चीनका केही क्षेत्रमा ग्यासको अभाव सिर्जना भएको छ । वाईआईसीएआई ग्लोबलका मा चेनचेनले जनाएअनुसार उत्तरपश्चिमी साङ्शी प्रान्तको वेइनान शहर यसबाट बढी प्रभावित भएको छ ।


शहरका वासिन्दालाई स्थानीय ग्यास आपूर्ति गर्ने कम्पनीले क्षमापत्र लेख्दै केही सेवाग्राहीलाई चाहिए जति उपलब्ध गराउन नसकेको जनाएको छ । यसका साथै राजधानी बेइजिङसँग सीमा जोडिएको हेबेई प्रान्त गत महिनाको मध्यदेखि ग्यासको आपूर्तिमा समस्या आइरहेको जनाइएको छ ।

Classic Tech Desktop

शाङ्घाई पेट्रोलियम एवम् ग्यास एक्सचेन्जका अनुसार पछिल्ला केही महिनायता त्यस क्षेत्रमा ग्यासको मूल्यमा ७५ प्रतिशतसम्म वृद्धि भएर ८ हजार ३ सय ८३ युआन प्रति टनसम्म पुगेको छ ।


चीनले आफ्नो मागको ४० प्रतिशतसम्म प्राकृतिक ग्यास विदेशबाट आयात गर्दै आएको छ । जसका कारण चीनले मूल्य र मागको सन्तुलन मिलाउन समस्या परिरहेको जनाइएको छ ।


(सेन्ट्रल एसिया टाइम्सबाट)

प्रतिकृया