• १६ असोज २०८३, शुक्रबार
  • ५ः३२ बिहान

एभरेष्ट बैंकका नयाँ शाखा थिमी र काँडाघारीमा

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ०९:२३

३ चैत २०७८, काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा नयाँ शाखा उद्‍घाटन गरेको छ । ​थिमी शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् । काँडाघारी शाखा उद्घाटन श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रूपमा गरेका बैंकले जानकारी दिएको छ ।

National Life

शाखा उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बाग्मती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत उपस्थित थिए । बैंक सञ्‍चालक श्रेष्ठले थिमी र काँडाघारीका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्।


करिब १२ लाख ग्राहकलाई देशभरका ११२ शाखा, प्रादेशिक कार्यालय , १४५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया