इ-सेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता
प्रकाशित मिति
२०७८ फाल्गुन ३० गते, सोमबार ०६:५३

३० फागुन २०७८, काठमाडौँ : इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिन्छ ।
साथै, प्रभु म्यानेजमेन्टसंग आबद्ध सहकारी संस्थाहरूबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन र सहकारी संस्थाहरुमा रकम जम्मा गर्न सकिन्छ । इ-सेवाका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले प्रभु म्यानेजमेन्टसंग रेमिट्यान्स भुक्तानी सहकार्य गर्दा सेवामा थप सहजता पाउने कुरामा विश्वस्त रहेको बताए ।
त्यस्तै, प्रभु म्यानेजमेन्टले अन्तर्राष्टिय रिमिट्यान्स भुक्तानी सुविधाका साथै एनटिसि, एनसेलको मोबाइल रिचार्ज सुविधा, डिस होम र एडिएसएलको बिल भुक्तानी सुविधा उपलब्ध गराउँदै आएको छ ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया