• ४ साउन २०८३, सोमबार
  • २:१२ बिहान

प्रतिनिधिसभाकाे बैठक आज बस्दै, महाभियोगको प्रस्ताव

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०८:११

२९ फागुन २०७८, काठमाडौँ : संघीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार आजको बैठकको सम्भावित कार्यसूची कार्यसूची सार्वजनिक गरेको थियो । सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।


यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ । बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया