• २३ भदौ २०८३, मंगलबार
  • २ः०० राती

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

प्रकाशित मिति

२०७८ फाल्गुन २१ गते, शनिबार ०१:४१

२१ फागुन २०७८, काठमाडौँ :  राष्ट्रिय सभामा निर्वाचित सदस्यहरुको शनिबार शपथ ग्रहण भएको छ। राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले शपथ ग्रहण गरेका छन्। गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा ( माओवादी केन्द्र ) र नेकपा ( एकीकृत समाजवादी )का पाँचरपाँच तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एकरएकजना निर्वाचित भएका थिए।

National Life

जयन्तीदेवी राई, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, सोनाम गेल्जेन शेर्पा, मोहम्मद खालिद, कृष्णप्रसाद पौडेल, कमला पन्त, गोमादेवी तिमिल्सिना र भुवनबहादुर सुनारले शपथ ग्रहण गरेका छन्।


यस्तै, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, उदयबहादुर बोहरा, नरबहादुर विष्ट, मदनकुमारी शाह ( गरिमा ), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले शपथ लिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया