• २३ भदौ २०८३, मंगलबार
  • १०ः३४ बिहान

जबर्जस्ती करणी आरोपित एमाले सांसद बानियाँलाई पाँच दिनको म्याद थप

प्रकाशित मिति

२०७८ फाल्गुन १८ गते, बुधबार ०३:२९

१८ फाल्गुन २०७८, काठमाडौं : जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपित संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको बताए ।

National Life

बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै फरार रहेका उालाई प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।


सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बाँके प्रहरी हिरासतमा रहेका बानियाँ मधुमेहलगायतको समस्या भएकोले उनलाई अलग्गै राखेको जनाएको छ ।

प्रतिकृया