• १६ असोज २०८३, शुक्रबार
  • ६ः०५ बिहान

के गर्दैछन् युक्रेनमा रहेका नेपाली ?

प्रकाशित मिति

२०७८ फाल्गुन १६ गते, सोमबार ०६:५१

१६ फागुन २०७८, काठमाडौँ : युद्धमा होमिएको युक्रेनबाट नेपाली फर्कने क्रम जारी छ तर त्यहीं स्थायी रूपमै वर्षोंदेखि बसिरहेका नेपालीहरू भने त्रसित अवस्थामा ज्यान जोगाउने मेलो गर्दै छन्। राजधानी किभको सडकमै उत्रिएर रूसी सेनाहरूले अन्धाधुन्ध आक्रमण गरेपछि ज्यान जोगाउन किम छाडेर पश्चिम-दक्षिण शहर भसिल्कोभ पुगेका रघुनाथ साह आइतबार राति ​सम्पर्कमा आएका थिए ।

National Life

उनले भसिल्कोभस्थित छोरीको साथीको घरभित्र अन्डरग्राउन्डु मा सपरिवार लुकेर बसेको बताए। उनका अनुसार उक्त शहरको प्रायः सबै घरमा तरकारी भण्डारणका लागि अन्डरग्राउन्ड बनाइएको हुन्छ। अहिले रूसी सैनिकको बख्तरबन्द गाडीको साइरन सुन्नेबित्तिकै उक्त शहरका सबै घरमुनिको त्यही अन्डरग्राउन्डमा लुक्ने गरेको उनले बताए। उनले आफू लुकिरहेको घरमा साथीको छोरीको परिवारका तीन जना र उनको पत्नी र दुई छोरी गरी सात जना रहेको जानकारी दिए ।


आइतबारको रात कटाउन सके सोमबार पोल्यान्डतपर्क लाग्ने योजनामा रहेका साहले भन्नुभयो’ आज राति ज्यान जोगिए हामी भोलि पोल्यान्ड जानेछौं।’ उनका अन्य नातेदार पनि शनिबार नै किभ झाडेर सुरक्षित स्थानतर्फ लागेको उनले बताए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया