• २३ भदौ २०८३, मंगलबार
  • १ः०३ दिउँसो

युक्रेनको राजधानी किभमै पुग्यो रुसी सेना, ४ दिनमै राजधानी कब्जा हुन सक्ने

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार ०३:०१

१३ फागुन २०७८ काठमाडौं : युक्रेनमा रुसको हमला भएको शुक्रबार लगातार दोस्रो दिनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना राजधानीमै आएको दाबी गरेका छन् । आगामी ९६ घन्टा अर्थात् ४ दिनमा किभमा रुसको कब्जा हुने आशंका समेत जेलेन्स्कीले गरेको छ ।

National Life

जेलेन्स्कीका अनुसार रुसी सेनाले आवासीय क्षेत्रमा निशाना बनाइरहेको छ । उनले रुसी नागरिकसँग समेत यो लडाईविरुद्ध प्रदर्शन गर्न अपिल गरेका छन् ।


राजधानी किभ बिहान ७ ठूला हमलाबाट आक्रान्त भएको थियो । आक्रमणपछि मानिसहरु रातभर घर, सबवे र अन्डरग्राउन्ड सेल्टरमा लुकेका थिए । राजधानी किभमा खानपिनदेखि दैनिक अत्यावश्यक बस्तुको कमी हुन थालेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी लिभ शहरमा हवाई हमलाको साइरन सुनिएको छ । यसपछि शहरका मेयरले मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

एजेन्सी

प्रतिकृया