एनसेलको डेटा प्रयोग गर्दा आकर्षक ‘क्यास ब्याक अफर’
प्रकाशित मिति
२०७८ फाल्गुन १२ गते, बिहीबार ०९:००
१२ फागुन २०७८, काठमाडौँ : एनसेलले डेटा प्रयोगकर्ता ग्राहकलाई आकर्षक ‘क्यास ब्याक अफर’ ल्याएको जनाएको छ । ‘गज्जबको डेलि जीबी प्याक’ अन्तर्गत तीन विभिन्न प्याकहरूमा २० देखि ६० रुपैयाँसम्म ‘क्यास ब्याक अफर’ सञ्चालनमा ल्याएको हो ।
उल्लेखित प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ९) देखि लागू भएको एनसेलले जानकारी दिएको छ । योजना अन्तर्गत एनसेलका ग्राहकले ७ वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे ‘गज्जबको डेलि जीबी प्याक’ खरिदमा आकर्षक क्यास ब्याक फाइदा लिन सक्ने एनसेलको दाबी छ ।
एनसेलका अनुसार ७ दिन अवधिको दैनिक १ जीबी ‘गज्जबको डेटा प्याक’ ग्राहकले करसहित १६९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो प्याक खरिद गर्ने ग्राहकले २० रुपैयाँ ‘क्यास ब्याक’ अर्थात् बोनस ब्यालेन्स पाउनेछन् । त्यसैगरी, ग्राहकले करसहित २६९ रुपैयाँमा ७ दिन समयसीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्नेछन् । यो प्याक खरिद गर्ने ग्राहकले ३० रुपैयाँ क्यास ब्याक फाइदा लिन सक्नेछन् ।
त्यस्तैगरी, धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित ५९९ रुपैयाँमा खरिद गर्न सक्ने एनसेलले जनाएको छ । यो प्याक खरिद गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यास ब्याक पाउनेछन् ।
‘गज्जबको डेलि जीबी डेटा प्याक’ अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवामा प्रयोग गर्न सक्छन् । एनसेलका अनुसार ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार प्याक खरिद गर्न सक्नेछन् । यो डेटा प्याक एनसेल एपबाट पनि खरिद गर्न सकिनेछ ।






प्रतिकृया