• ४ साउन २०८३, सोमबार
  • ९:१७ बेलुका

प्रधानमन्त्रीले छोड भन्नेबित्तिकै हामी सरकार छाड्छौं : झक्कु सुवेदी

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार ०६:१५

१ फागुन २०७८, काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व सांसद झक्कु सुवेदीले आफ्नो पार्टीमा सरकारमा बसोस वा सरकार छोडोस यो एमालेको सरोकारको विषय नभएको टिप्पणी गरेका छन् । उनले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने पनि बताए । आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनुको कारण रहेको पनि खुलाए ।


आज बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि यो सरकार गठन गरेको हो । यो सरकार अरु बेलोको जस्तो होईन। यो सरकारमा हामी हट्ने कि बस्ने, यो मुख्य विषय होईन ।’

Kamana Sewa

उनले एमसीसीलाई लिएर आफूहरु र कांग्रेसको एजेण्डा नमिलेको पनि सुनाए । उनले भने,‘हामी एमसीसीको विपक्षमा छौं । एमाले त अहिले सबैभन्दा बढि खुशी हुनुपर्ने हो । एमसीसी पास गर्न एमालेले खुशी हुनुपर्ने हो । यो त खुशीको विषय हो नि, उसको लागि ।

Classic Tech Desktop

अहिले एमसीसी सदनमा टेबुल भएको छ। प्रधानमन्त्री अहिले देउवाजी हुनुहुन्छ, उहाँले माओवादसँग हाम्रो सहकार्य हुँदैन भनेर उहाँले भन्नुभयो भने हामी त्यत्तिकै सरकारबाट निस्किन्छौं । यो सरकार विषम परिस्थितिमा बनेको हो । आँफै हामी गैरजिम्मेवारीपन देखाएर सरकारबाट हट्दैनौं ।’

प्रतिकृया