चुनावपछि गठबन्धनमा भएकाहरुलाई टर्च बालेर खोज्नुपर्छ : ओली
प्रकाशित मिति
२०७८ फाल्गुन ७ गते, शनिबार ०३:३०
७ फागुन २०७८, काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमलो) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुलाई अबको चुनावपछि टर्च बालेर खोज्नुपर्ने बताएका छन् । आज (शनिबार) सूर्यविनायक नगर अस्पताल उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले अहिलेको पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने बताएका छन् । ओलीले आगामी चुनावमा एमाले एक्लै लड्ने र चुनावबाट आउने परीणामले पाँच दलीय गठबन्धन पत्तासाफ हुने पनि दाबी गरे ।
उनले, सम्बोधनको क्रममा भनेका छन–‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं, फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ । देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।’
उनले , ‘अब सर्वोच्च अदालतले होइन, जन अदालतले फैसला गर्छ त्यसको तयारी गर्नुस् । शिक्षक, कर्मचारीलाई निष्पक्ष भएर काम गर्न आग्रह गर्दै उनले नेकपा एमालेले प्रशासनको बलमा नभई जनताको मतले चुनाव जित्ने दाबी गरे ।
उनले , ‘प्रशासनसँग एउटै आग्रह छ, तपाईहरु निष्पक्ष रहनुस् ।’ उनले भने, ‘जनताले एमालेमाथि विश्वास गरेको छ, हामीले मतदाता किन्दैनौ, अनावश्यक खर्च गर्दैनौं ।’








प्रतिकृया