• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

नेपाली कांग्रेस एमसीसी पास गर्ने कुरामा अडिग छ : गगन थापा

प्रकाशित मिति

२०७८ फाल्गुन ५ गते, बिहीबार ०१:१०

५ फाल्गुन २०७८, काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपाली काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ को विमोचन कार्यक्रममा उनले कांग्रेस कुरा फेर्ने पार्टि नभएके भन्दै उक्त अभिब्यक्ति दिएका हुन् ।


थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको शैलीको आलोचना गर्दै बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी काँग्रेस नभएको बताए । ‘कांग्रेस प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी पनि होइन्,’ उनले भने ।

Kamana Sewa

प्रतिकृया