• २० असोज २०८३, मंगलबार
  • ७ः१७ बेलुका

प्रतिनिधिसभाको बैठक पुन: स्थगित

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार १२:५७

१ फाल्गुन २०७८, काठमाडौं : प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै भोलि सोमबारका लागि बोलाइएको बैठक बुधबारसम्म स्थगित भएको जानकारी दिएका छन्।

National Life

‘फागुन २ गते सोमबार बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो गरिएको छ।’ जारी सूचनामा उल्लेख गरिएकाे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया